
बिएल संवाददाता
कोभिड एक्सन टिम (क्याट) पर्साले वीरगन्ज महानगरपालिका २१ परवानीपुरमा रहेको मधु अक्सिजन उद्योगको अनुगमन गरेको छ।
पर्साका अस्पतालमा कोरोना बिरामीको प्राणवायू अक्सिजनको संकट झन्-झन् गहिरिँदै गएपछि (क्याट)ले अक्सिजन उद्योगको अनुगमन गरेको हो।
मधु अक्सिजन उद्योगले कोरोना महामारी बिरामीको जीवन रक्षाका लागि यसको सहज व्यवस्थापन र आपूर्ति गर्नका लागी उद्योगले समानुपातिक प्रणाली अनुसार वितरण गर्दै आएको फेला परेको अनुगमन समितिले जनाएको छ।
पर्साका नीजि तथा सरकारी अस्पताललाई दैनिक रुपमा करिब ६ सयको हाराहारीमा अक्सिजन सिलिण्डर वितरण गर्दै आएको मधु अक्सिजन उद्योगका संचालन रिक्कु रौनीयारले जानकारी दिए।
उनले अगामी दिनमा अक्सिजन अभाव हुन नदिनका लागी उद्योगले उत्पाद गर्दै आएको अक्सिजन सक्दो सहयोग गर्नका लागी प्रतिवद्धता जनाए। जिल्लाको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुन नदिनका लागी आफूहरुले पहिलो प्राथमिकता बनाएको उनले बताए।
अनुगमनमा कोभिड एक्सन टिम (क्याट) पर्साका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति नेकमहम्द अंसारी ,कोभिड एक्सन टिम (क्याट) पर्साका सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, जनता समाजवादी पार्टीका जिल्लाका सचिव तवरेज अहमद, नेकपा एमालेका प्रतिनिधि एवं नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजीव मिश्रा, पत्रकार अमित अग्रवाल, क्याट पर्साका भोलेन्टीयर अफरोज अंसारी, समिन अख्तर लागायतकाको सहभागीता रहेको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया