बिएल संवाददाता
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साता लकडाउन घोषणा गरिएको छ। कोरोना संक्रमण बढ्न थालेपछि राज्य सरकारले एक साताको कडा लकडाउन घोषणा गरेको हो।
नयाँ प्रतिबन्ध अनुसार केयर गिभरका गतिविधि, खाद्यान्न लगायतका दैनिक आवश्यक सामग्रीहरु खरिद गर्न, २ घण्टासम्म व्यायाम गर्न, खोप लगाउन घर बाहिर निस्किन पाइनेछ। यस बाहेक घर बाहिर निस्कन प्रतिबन्द लगाएको छ।
त्यसैगरी घरमा पाहुनालाई ल्याउन पाइने छैन। त्यस्तै सार्वजनिक स्थलमा भेला प्रतिबन्द लगाइएको छ। रेष्टुरेन्ट, पव र क्याफेहरुले टेकअबे सेवा मात्रै दिन सक्नेछन्।
यस्तै विद्यालयहरु अनलाईन सञ्चालन गर्न भनिएको छ। होटल, क्लबहरु, क्यासिनो सबै बन्द हुनेछन्। एज्ड केयरहरुमा कुनैपनि पाहुनालाई स्वीकार गरिने छैन।
मृत्युसंस्कारमा १० जनासम्म जान पाउनेछन्। विवाह लगायतका कार्य पनि रोक्न भनिएको छ भने धार्मिक क्रियाकलापमा पाँच जनासम्म सहभागी भएर यसलाई प्रशारण गर्न सक्नेछन् प्रत्यक्ष सहभागी हुन पाइने छैन। यस्तै घर बाहिर निस्किदा मास्क अनिवार्य गरिएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया