सोमबार, २८ जुलाई २०२५

कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड प्राप्त

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन्।

अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ।

कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन्। उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन्।

‘नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको छ,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले भने।

उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको बताए। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ र कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ।

सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन्।

शुक्रबार, जेठ १४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)