सोमबार, ११ अगस्ट २०२५

केही खुकुलो बनाएर काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्वीर
• • •

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी तयारी गरिएको छ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सीमित क्षेत्र खुकुलो बनाएर १० दिन निषेधाज्ञा थप्ने तयारी गरेको हो।

अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने बारे छलफल भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। यो विषय अब भोलि निर्णय गरिने उनले बताए । 

काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढेपिछ वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ। पछिल्लोपटक थप गरेको निषेधाज्ञाको समय जेठ २० गते राति १२ बजे सकिँदैछ।

मंगलबार, जेठ १८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)