कालो ढुसी : धेरै संक्रमित फेला पर्नुको कारण के हो ?

अनलाइनखबर

काठमाडौं

२४ जेठ, काठमाडौं । पछिल्लो समय प्राणघातक बन्दै गएको ‘कालो ढुसी’को संक्रमण तुलनात्मक रुपमा धेरै देखिएको छ । नेपालमा पनि कालो ढुसीको संक्रमणबाट जेठ २० गते एकजनाको मृत्यु भइसकेको छ भने कम्तीमा १२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।

छिमेकी मुलुक भारतमा कालो ढुसीबाट संक्रमित हुनेको संख्या करिब १२ हजार पुगेको छ । यसबाट संक्रमित हुनेमध्ये अधिकांश मानिसहरु कोरोनाबाट हालै मात्र निको भएका मानिसहरु छन् ।

यति धेरै मानिसमा कालो ढुसीको संक्रमण देखिनुलाई असामान्य मानिएको छ । यो संक्रमणको कारण मृत्यु हुनेको संख्या ५० प्रतिशत रहेको छ । 

चिकित्सा क्षेत्रका केही जानकारहरुका अनुसार भारतमा मधुमेह भएका मानिसको संख्या ठूलो भएकाले उनीहरुमा कालो ढुसीको संक्रमण बढेको हो । तर यो संक्रमणको लागि मधुमेह मात्र कारण भने होइन । यहाँ कालो ढुसी संक्रमणको विषयमा केही जानकारी उल्लेख गरिएको छ :

प्रकाशित मिति: : 2021-06-07 16:50:00

प्रतिकृया दिनुहोस्