नागरिकले चुनेका प्रतिनिधिले नै बिगारेको देश : देश बनाउन कस्तो हुनुपर्छ हाम्रो भूमिका ?

लोकान्तर

काठमाडाैं

हामी यस्तो देशका नागरिक हौँ, जहाँ पीएचडी डाक्टर, प्रोफेसर, इञ्जिनीयर, अर्थशास्त्री, पत्रकार, बैंकर साथै अन्य पेशामा आबद्ध पढेलेखेका नागरिकहरू एसएलसी फेल भएका र मन्द बुद्धि भएका नेतालाई भोट हालेर सुन्दर भविष्यको कल्पना गर्दछौँ। जसको चेतनामा देशको सर्वाङ्गीण विकास नभएर आफू र आफ्ना भरौटेहरूको पुस्तौँ पुस्ताको मात्र मतलब छ।

हामीकहाँ भइरहेको घिनलाग्दो राजनीतिले हाम्रा लागि सोच्ने काम बनाइदिएको छ, किनकी सचेत नागरिकका लागि यो व्यवस्था पचाउनु चानचुने कुरा होइन। जसले लामो समयपछि हाम्रो सोच्ने क्षमतालाई कमजोर बनाइदिन्छ। तर त्यो बेला पनि सोचाइमा नै दमन भएका मुठ्ठी भरका केही व्यक्तिले हाम्रा लागि के ठीक छ र के बेठीक छ भन्ने निर्णय लिँदै फाइदा लिनेछन्।

एकदिन यस्तो आउनेछ कि तिनै खराब पात्रहरूले  राजनीति गर्ने पार्टी  नरहला तर हामी चुप लागेर बसी रह्यौं भने यो नेपाल भन्ने देश नै रहने छैन। तपाईंलाई यदि यो देशको चिन्ता छ भने मिलेर एकजुट भई  क्रान्ति गर्ने बेला आएको छ। एउटा यस्तो क्रान्ति जसको नेतृत्व राजनैतिक पार्टीले होइन सर्वसाधारण जनताले गर्नेछन्। अब एउटा यस्तो  सरकारको जरुरी छ, जहाँ जनताले चुनेका व्यक्तिले होइन जनता आफैँले आफ्नो निर्णय गर्नेछन् र जनप्रतिनिधिलाई त्यो कुरा मञ्जुर हुनेछ।

प्रकाशित मिति: : 2021-06-10 14:27:00

प्रतिकृया दिनुहोस्