
बिएल संवाददाता
१५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा कार्यालय सहयोगी सुवर्ण गाउँपालिका-४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
उक्त फिरौती रकम माग गरी १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनी पटकरपटक फोन तथा मेसेज गरी फिरौती माग गरेको भन्ने अडियोसहितको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया