
बिएल संवाददाता
अनलाइन टीभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ।
सङ्घका महासचिव पवन फुयालले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारले पत्रकार परिचयपत्रको प्रयोग बढेकोले रोक्न माग गरेका छन्।
गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ।
सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिनलाई कडाइ गर्न, शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सङ्घले सबैलाई अनुरोध गरेको छ।
पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि सङ्घले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया