आइतबार, ०३ अगस्ट २०२५

भारतले बनाइदिएको धर्मशालामा पशुपति कोषको ‘एलिट मेनु’

आयोमेल

आयोमेल

काठमाडौँ
News Image
• • •

कोही मान्छे भित्र छिर्नासाथ गेरु रङका वस्त्र लगाएका ‘वेटर’ हरू मेनु लिएर आउँछन् र भन्छन्- प्रणाम हजुर!

खासमा त्यो होटल होइन, धर्मशाला हो। तर, पशुपति विकास कोषका ‘हाकिम’ हरूले धर्मशालालाई होटल बनाएर ‘एलिट मेनु’ चलाएका छन्।

पशुपति मन्दिर छेउ बागमती किनारमा बनेको एउटा भव्य र आधुनिक घर छ। चारतले त्यो घरको धुरीमा लेखिएको छ ‘नेपाल-भारत मैत्री धर्मशाला’।

तर, भित्र भने धर्मशाला होइन, भव्य तारे होटल चलिरहेको छ। त्यो पनि पशुपति विकास कोषले होइन कुनै व्यापारीले चलाइरहेका छन्।

गेरु वस्त्रमा सजिएका ती ‘प्रणामी’ हरू कुनै ‘बटुक’ होइनन्, त्यहाँका वेटर हुन्।

कस्तो धर्मशाला?

२०७१ साउन १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएका थिए। यो १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण थियो।

करोडौं हिन्दुको एउटा पवित्र धाम पशुपतिमाथि मोदीको आस्था उसै पनि अटल नै छ। त्यसमा पनि पशुपतिमा आउने धेरै भारतीय दर्शनार्थी नै हुन्।

नेपाललाई दिने उपहारमध्ये ‘पशुपति’ धर्मशाला मोदी लिस्टको प्राथमिकतामै थियो। भ्रमण क्रममा उनले पशुपतिमा धर्मशाला बनाउने घोषणा गरे।

मंगलबार, असार ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!