बिमला गुप्ता
महोत्तरीको गौशालामा एक महिलामाथि बलात्कारको प्रयास भएको छ।
नगरपालिकाको वडा न.७ मनहर्वा निवासी स्थानीय ३३ वर्षीय सफिदा खातुनमाथि बलात्कारको प्रयास भएको हो।
उनको श्रीमान अनबारुल मोमिन करिब २/३ महिना देखि काठमाडौंमा कार्यरत रहेका छन्। सोही कारण घरमा कोहि नभएको मौका पाएर गत शुक्रबार आफूमाथि छिमेकी जाजुन मोमिले बलात्कार गर्ने प्रयास गरेको उनले बताइन्
करिब ११ बजेतिर म शौच गरेर चर्पीबाट बाहिर निस्कदै थिए त्यतिकैमा मेरो घरको छेउमा रहेको बारीमा बसिरहेको मेरो छिमेकीले अकस्मात आएर मलाइ घिसार्दै बारेमा करणी गर्ने प्रयास गरे।'
आफूलाई जबरजस्ती गर्ने क्रममा चिच्याउँदा उनकी छोरी आएको तर जाजुनले छोरीलाई समेत कुटपिट गरेको पीडित महिलाले बताएकी छिन्।
चिच्याएको आवाज सुनेर आफू त्यहाँ पुग्दा जाजुन भागेको छिमेकी रहना खातुनले बताइन्।
पारिवारिक रिसिविको कारण बलात्कार गर्ने प्रयास गरेको पीडित महिलाले जानकारी दिएकी छिन।
अहिले सो व्यक्ति फरार रहेका छन्। करणी गर्ने प्रयास नगरेको भए घर छोडेर भाग्ने प्रयास अनुचित रहेको छरछिमेकले टिप्पणी गरेका छन्। पीडित महिलाले गौशाला इलाका प्रहरी कार्यालयमा निवेदन समेत दिएकी छिन।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया