राजनैतिक अस्थिरता अन्त्यको सपना– नेपालमा उपयुक्त हुनसक्छ यस्तो निर्वाचन प्रणाली !

लोकान्तर

काठमाडौँ

र्वाचन प्रणालीको छनोट कार्य अत्यन्तै संवेदनशील हुन्छ । निर्वाचन प्रणालीका कारणबाट विश्वका कतिपय देशमा द्वन्द्व सिर्जना भएका छन् ।

कतिपय देशमा उपयुक्त निर्वाचन प्रणालीको छनोट गरी सोही प्रणालीबाट निर्वाचन गराउँदा द्वन्द्व समाधानको माध्यम पनि बनेका उदाहरण प्रशस्त छन् । मूल मुद्दा भनेको निर्वाचन प्रणालीले भौगोलिक प्रतिनिधित्व, विभिन्न वर्ग सम्प्रदाय, महिला, अल्पसंख्यक, जातजाति र पिछडिएको वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न सक्नुपर्छ । यसका अतिरिक्त निर्वाचन बोझिलो, खर्चिलो र झन्झटिलो हुनु हुँदैन । 

जनसहभागिता तथा समावेशी प्रजातान्त्रिक विकास र राजनीतिक स्थिरता कायम गर्नमा निर्वाचन प्रणाली सहयोगी हुनुपर्छ ।

विभिन्न विशेषज्ञ, राजनीतिज्ञ, नागरिक समाज, सरोकारवाला तथा आम जनसहभागिताबाट मात्र निर्वाचन प्रणाली छनोट गरिनुपर्छ । यसमा राजनैतिक तहमा समझदारी र विश्वास कायम हुनु पनि अनिवार्य छ  । निर्वाचन प्रणालीको छनोट कार्य मुख्यतया राजनैतिक प्रक्रिया र निर्णय नै हो । राजनैतिक दलहरूले खेलको नियम निर्धारण गर्छन्, जसअन्तर्गत प्रजातान्त्रिक अभ्यास गरिन्छ ।

जनताको मतले मुलुकको शासन व्यवस्थामा परिवर्तन ल्याउन सके मात्र यसको उपादेयता रहन्छ । निर्वाचन प्रणालीले निर्वाचनलाई आमजनताको पहुँचभित्र राख्न सक्ने हुनुपर्छ । मतदाताको नाम दर्ता र अध्यावधिक, मतपत्रको सरलता, मतदान केन्द्रसम्मको पहुँच, मतदानमा गोप्यताको प्रत्याभूति जस्ता विषयले निर्वाचनलाई अर्थपूर्ण बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति: : 2021-06-29 19:33:00

प्रतिकृया दिनुहोस्