
बिएल संवाददाता
बैतडीको शिवनाथ गाउँपालिका–५ मा रहेको शिवपूर्ण आधारभूत विद्यालय लामाखालीलाई सुदूरपश्चिमको तेस्रो तथा जिल्लाकै पहिलो तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएको छ।
खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्डहरु पूरा गरेपछि उक्त विद्यालयलाई तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएको हो।
शिवनाथ गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिए। खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका १० ओटा सूचक पूरा गेरर विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो।
शिवपूर्ण विद्यालयले स्वच्छ पिउने पानीसहित पर्याप्त पानीको व्यवस्था, विद्यार्थी सङख्याअनुसार सफा, सुरक्षित स्थानमा बालबालिका लैङ्गिक अपाङ्गता, वातावरणमैत्री शौचालय, वातावरणीय सरसफाइ, हरियाली वातावरण र स्वच्छता सुविधा, फूलबारी, महिनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ र खाद्य पदार्थसहितको भान्छाघर, विपद् जोखिम व्यवस्थापन, प्रवद्र्धन र दिगोपनका लागि संस्थागत व्यवस्थालगायतका विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्ड पूरा गरेपछि तीनतारे विद्यालय सुनिश्चितता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना शिवनाथ गाउँपालिकाका जलस्रोत अधिकृत हर्षराज भट्टले जानकारी दिए।
शिवपूर्णले विद्यालय खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि, ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० ओटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीनतारे विद्यालय घोषणा गरिएको जनाइएको छ। शिवनाथ गाउँपालिका यसअघि स्थानीय पाठ्यक्रम तयार गर्ने जिल्लाकै पहिलो स्थानीय तहसमेत हो। रासस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया