शुक्रबार, ०८ अगस्ट २०२५

अति वर्षाका कारण पछिल्लो १९ दिनमा ३३ को मृत्यु, बाढी पहिरोका कारण राजमार्गहरू प्रभावित

बिबिसी

बिबिसी

काठमाडौँ
News Image
• • •

देशको विभिन्न भागमा निरन्तर मनसुनी वर्षा हुँदा जनधनको व्यापक क्षति भएका विवरण प्राप्त भइरहेका छन्।

मुलुकका प्रमुख राजमार्गहरू सहित विभिन्न सडक खण्डहरू पनि प्रभावित भएको बताइएको छ।

निरन्तर वर्षाका कारण आएको बाढी र नदीमा बढेको बहावका कारण कतिपय स्थानमा पुल र सडक लगायतका संरचनाहरू भत्किएका छन्।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा ''वर्षा भइरहेको र भारी वर्षाको पनि सम्भावना रहेको'' सरकारी निकायहरूले जनाएका छन्। यस क्षेत्रमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शुक्रबार, असार १८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)