
पहिलोपोष्ट
नारायणी अस्पतालको फार्मेसी 'कोमा'मा पुगेको छ। चार वर्षअघि सरकारले दिएको २० लाख रुपैयाँ पुँजीबाट आफ्नै हाताभित्र अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको थियो। तर उक्त फार्मेसी छोटो अवधिमै बन्द हुने अवस्थामा पुगेको छ। दैनिक व्यापारसमेत ४०/५० हजार रुपैयाँबाट पाँच/सात हजारमा झरेको छ।
अहिले अस्पतालको फार्मेसीमा पारासिटामोल पनि पाइन छाडेको छ। चिकित्सकका सुझावअनुसारका प्रायः औषधि फार्मेसीमा पाइँदैनन्।
औषधि व्यवस्थापन नहुँदा फार्मेसी बन्द हुने अवस्थामा छ। त्यसको लाभ परिसरका अन्य फार्मेसीले उठाइरहेका छन्।
नारायणी अस्पतालमा उपचारको लागि जाने बिमा गराएका बिरामीहरु समेत निःशुल्क पाउनुपर्ने औषधि पनि पाउन सकेका छैनन्।
‘नाम मात्रको फार्मेसी छ। कुनै बेला कर्मचारी हुँदैनन। कुनै बेला यो औषधि छैन, त्यो औषधि छैन भनेर फर्काउँछन्,’ वीरगंज १२ मुर्लीका विनोद कुशवाहले भने, ‘महङ्गो दाममा अस्पतालबाहिर नै गएर औषधि किन्नुपर्छ भने अस्पतालले किन फार्मेसी चलाएको हो। बन्द गर्नूपर्छ।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया