 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                अष्ट्रेलियाका प्रधानमन्त्रीले यहाँ कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताएका छन्। प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गरेका हुन्।
प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताए।
उनले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताएको समाचारमा जनाइएको छ। उनले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताए।
सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताउनुभएको छ। प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका छन्। उनले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताए।
जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराएका छन्।उनले दिएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन्। अष्ट्रेलियाको सरकारले कोरोना भाइरसविरुद्धको खोप दिने कामलाई प्राथमिकतामा राखेको छ।रासस/सिन्ह्वा
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया