माधव नेपालद्वारा कार्यदल प्रतिवेदन अस्वीकार, शंकर पोखरेलले भने– तीन महिना खेर गयो

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेता माधवकुमार नेपालले कार्यदलकाे प्रतिवेदनमा असहमति जनाउदा तीन महिनाको मेहनत खेर गएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री पोखरेलले एमाले एकताका लागि प्रस्तुत गरेको कार्यदल प्रतिवेदनमा नेता नेपालले असहमति जनाउदा तीन महिनाको मिहेनत खेर गएको अभिव्यक्ति दिएका हुन्।

'माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गयो', मुख्यमन्त्री पोखरेलले भने।

एमालेका दोस्रो तहका नेताहररु एकताका लागि कार्यदल बनाएर सक्रिय रूपमा लागेका छन्। सोही कार्यदलले १० बुँदे सहमति प्रस्ताव बनाए पनि नेता नेपालले प्रस्तावप्रति असहमति जनाउँदै आएका छन्।

प्रकाशित मिति: : 2021-07-18 13:31:00

प्रतिकृया दिनुहोस्