
रातोपाटी
सरकारबाट केपी ओली बाहिरिएसँगै एमालेभित्रको घर झगडा साम्य हुनुको साटो झन् विस्फोट भएको छ। कतिपय एमाले नेताहरूले सरकार ढलेपछि पार्टीमा एकता हुने सोचेका थिए। तर, सरकारबाट ओलीको बहिर्गमनसँगै एमालेको अन्तरविरोध घट्नुको साटो झन् बढेको छ।
बालुवाटार छाडेर बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले अर्का नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै माफी दिन नसकिने घोषणा गरेपछि एमालेको अन्तरविरोध झन् कचल्टिएको हो।
अन्तरविरोध बढेसँगै ओली र माधव नेपाल दुवै नेताहरू आ–आफ्नो रणनीति बनाउनतर्फ जुटेका छन्। यस क्रममा एमालेका दुवै समूहका बैठक आज (बुधबार) बस्दैछन्। ओलीको अध्यक्षतामा अपराह्न ३ बजे एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ। त्यसअघि नै माधव नेपालको नेतृत्वमा सो समूहको स्थायी कमिटी बैठक बस्दैछ।
ओलीको अध्यक्षतामा जारी केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवाको पक्षमा संसदमा मतदान गर्ने माधव नेपालसहित एमालेका २२ सांसदलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। २४ घण्टे स्पष्टीकरणपछि आज अपराह्न ३ बजे पुनः केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया