रामकुमार परियार
सर्वोत्कृष्ट बारटेन्डर छ्नौट गर्ने एक अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिएका नेपाली प्रतिस्पर्धी दिपक गिरिले उत्कृष्ट १० प्रवेशका लागि भोट गरिदिन आग्रह गरेका छन्।
विश्वविख्यात टकिला ब्राण्ड पेट्रनले वर्षेनी आयोजना गर्दै आएको अन्तराष्ट्रिय प्रतिस्पर्धा 'पेट्रन पर्फेक्टनस'को उत्कृष्ट ३० मा पर्न सफल गिरिले उपाधी जित्ने लक्ष्यसहित विश्वभरका नेपाली समुदायलाई भोट गरिदिन आग्रह गरेका हुन्।
काभ्रेपलान्चोकमा जन्मिएका २९ वर्षिय गिरि सन २०१५ देखि युएईमा बारटेन्डरको रुपमा कार्यरत छन्। २०१२ मा युएई आएका गिरिले शुरूवातमा दुबईको रोटाना होटलमा वेटरको काम गरेका थिए। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिकम परिषद (सिटिईभिटी) बाट बारटेन्डरको आधारभुत तालिम हासिल गरेका गिरिले सन २०१५ देखि अबुधाबीको बुद्द बारमा बारटेन्डरको काम गर्न थालेका हुन्। उनले सोही बेलादेखी बारटेन्डर सम्बन्धी थुप्रै अनलाईन कोर्ष र तालिमहरु समेत गरेका छन्।
सामाजिक सञ्जालमार्फत बारटेन्डरहरुको अन्तराष्ट्रिय प्रतियोगीता बारे थाहा पाएका गिरिले गएको अप्रिलमा उक्त प्रतियोगितामा सहभागी हुन आवेदन दिएका थिए। विश्वभरिका १७ देशबाट १३ सय जनाले प्रतियोगितामा सहभागी हुन आवेदन थिए। यी मध्येबाट प्रत्येक देशमा उत्कृष्ट ३० छनौट गरिएका छन। गिरि युएईबाट उत्कृष्ट ३० मा छनौट भएका हुन्।
लालुमाया (ब्लुसिङ लभ) कक्टेल बनाएर उत्कृष्ट ३० मा छनौट भएका गिरि अहिले उत्कृष्ट १० भित्र पर्ने दौडमा छन। उनलाई यो वेबसाईटमा गएर भोट गर्न सकिन्छ।
आगामी शनिबार (२४ जुलाई) भित्र प्राप्त भोटिङ मार्फत छनौट भएका उत्कृष्ट १० बाट आगामी सेप्टेम्बरमा उत्कृष्ट १ छानिने छन्। १७ देशबाट उत्कृष्ट छनौट भएकाहरु बिच आगामी वर्ष सन २०२२ को जनवरीमा मेक्सिकोमा प्रतिस्पर्धा हुनेछ।

नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया