रामकुमार परियार
सर्वोत्कृष्ट बारटेन्डर छ्नौट गर्ने एक अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिएका नेपाली प्रतिस्पर्धी दिपक गिरिले उत्कृष्ट १० प्रवेशका लागि भोट गरिदिन आग्रह गरेका छन्।
विश्वविख्यात टकिला ब्राण्ड पेट्रनले वर्षेनी आयोजना गर्दै आएको अन्तराष्ट्रिय प्रतिस्पर्धा 'पेट्रन पर्फेक्टनस'को उत्कृष्ट ३० मा पर्न सफल गिरिले उपाधी जित्ने लक्ष्यसहित विश्वभरका नेपाली समुदायलाई भोट गरिदिन आग्रह गरेका हुन्।
काभ्रेपलान्चोकमा जन्मिएका २९ वर्षिय गिरि सन २०१५ देखि युएईमा बारटेन्डरको रुपमा कार्यरत छन्। २०१२ मा युएई आएका गिरिले शुरूवातमा दुबईको रोटाना होटलमा वेटरको काम गरेका थिए। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिकम परिषद (सिटिईभिटी) बाट बारटेन्डरको आधारभुत तालिम हासिल गरेका गिरिले सन २०१५ देखि अबुधाबीको बुद्द बारमा बारटेन्डरको काम गर्न थालेका हुन्। उनले सोही बेलादेखी बारटेन्डर सम्बन्धी थुप्रै अनलाईन कोर्ष र तालिमहरु समेत गरेका छन्।
सामाजिक सञ्जालमार्फत बारटेन्डरहरुको अन्तराष्ट्रिय प्रतियोगीता बारे थाहा पाएका गिरिले गएको अप्रिलमा उक्त प्रतियोगितामा सहभागी हुन आवेदन दिएका थिए। विश्वभरिका १७ देशबाट १३ सय जनाले प्रतियोगितामा सहभागी हुन आवेदन थिए। यी मध्येबाट प्रत्येक देशमा उत्कृष्ट ३० छनौट गरिएका छन। गिरि युएईबाट उत्कृष्ट ३० मा छनौट भएका हुन्।
लालुमाया (ब्लुसिङ लभ) कक्टेल बनाएर उत्कृष्ट ३० मा छनौट भएका गिरि अहिले उत्कृष्ट १० भित्र पर्ने दौडमा छन। उनलाई यो वेबसाईटमा गएर भोट गर्न सकिन्छ।
आगामी शनिबार (२४ जुलाई) भित्र प्राप्त भोटिङ मार्फत छनौट भएका उत्कृष्ट १० बाट आगामी सेप्टेम्बरमा उत्कृष्ट १ छानिने छन्। १७ देशबाट उत्कृष्ट छनौट भएकाहरु बिच आगामी वर्ष सन २०२२ को जनवरीमा मेक्सिकोमा प्रतिस्पर्धा हुनेछ।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया