
अनलाइनखबर
नवीन ढुंगाना
चिनी उद्योगले पैसा नदिएपछि सर्लाहीका ७४ वर्षका गगनदेव राय बुधबार तेस्रो पटक काठमाडौं आएका छन् । उद्योगलाई उखु बेचेको रकम वर्षौदेखि नपाएपछि सरकारलाई खबरदारी गर्न काठमाडौं आएको टोलीमा उनको गाउँका ५ जना छन् ।
सर्लाहीको धनकौलमा उखु खेती गर्ने राय २०७७ पुसको २५ देखि काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा पनि अग्रपंक्तिमा थिए । रायले धनकौलमै रहेको अन्नपूर्ण चिनी मिलबाट उखु बिक्री बापतको चार लाख रुपैयाँ लिन बाँकी छ ।
मिलबाट पैसा आउला र तिरौंला भन्दै घर खर्च चलाएका रायले ऋण बढेर सात लाख रुपैयाँ पुगिसक्दा पनि उखु बेचेको पैसा पाएका छ्रैनन् । वयोबृद्ध गगनदेव जस्तै पीडित किसान देशभर पाँच हजार भन्दा धेरै रहेको उखु उत्पादक महासंघ नेपालले जनाएको छ ।
भुक्तानी सकसमा ५ हजार किसान
अघिल्लो पटक १० हजार रुपैयाँ ऋण लिएर गगनदेव काठमाडौं आएका थिए । यसपटक पनि गाडीभाडा खोजेर काठमाडौं आएको उनले बताए । बिचौलिया, उद्योगी र सरकारका कारण उखु खेती टाउको दुखाइ बनेको राय बताउँछन् । ‘नगदे बाली भनेर खेती गर्यो तर यो टाउको खाने उधारो बन्यो, हामी उखुबाट विस्थापित भइसकेका छौं,’ रायले भने ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया