मङ्गलबार, १९ अगस्ट २०२५

टोकियो ओलम्पिक: चीनको अग्रता कायमै

Photo: VCG
• • •

जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’मा चीनले अग्रता कायमै  गरेकाे छ। 

टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल सकिदा (बुधबारसम्म) चीनले ३२ स्वर्ण पदकसहित कुल ७० पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण पदकसहित कुल ७९  पदक जितेको छ।


Photo: Xinhua

त्यस्तै, तेस्रो स्थानमा रहेको जापानले २१ स्वर्णसहित कुल ४० पदक जितेको छ।

२ सय ४३ स्वर्ण पदकको छिनोफानो लाग्दा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका छन्।

रसियन ओलम्पिक कमिटिले १४ स्वर्ण जित्दा जर्मनीले ८ स्वर्ण जितेको छ।  फ्रान्स, न्युजिल्याण्ड, नेदरल्यान्ड्स, इटाली र दक्षिण कोरियाले ६/६ स्वर्ण हात पारेका छन्। २७ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन्।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए। सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थियो। पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन्।

Photo: VCG

Photo: Xinhua

बिहिबार, श्रावण २१, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)