कोरोना भाइरस: के चीनमा जोखिमपूर्ण अनुसन्धान गर्न अमेरिकी पैसा खर्च भएको थियो?

बिबिसी

काठमाडौं

कोरोनाभाइरसको उत्पत्तिबारे बहस चलिरहँदा चीनमा अमेरिकी कोष खर्च गरेर सञ्चालित भाइरस अनुसन्धानबारे चर्को राजनीतिक विवाद उत्पन्न भएको छ।

उक्त विवादको सम्बन्ध एउटा अप्रमाणित मान्यतासँग छ जसअनुसार कोरोनाभाइरस चीनको वुहान सहरमा अवस्थित एउटा प्रयोगशालाबाट चुहिएको हुनसक्ने ठानिन्छ।

चमेरामा कोरोनाभाइरसको अनुसन्धान गरिरहेको वुहान इन्स्टिट्यूट अफ भाइरलजी यस विवादको केन्द्रबिन्दुमा छ।

रिपब्लिकन सांसदहरूले जारी गरेको एउटा प्रतिवेदनमा उक्त प्रयोगशालामा मानिसलाई सङ्क्रमण गर्न सक्नेगरी कोरोनाभाइरसमा परिवर्तन गर्ने काम गरिएको "पर्याप्त प्रमाण" भएको दाबी गरिएको छ। उनीहरूले कोरोनाभाइरसको उत्पत्तिबारे द्विपक्षीय अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

रिपब्लिकन सिनेटर र्‍यान्ड पोलले चीनमा भाइरसहरूलाई अझ बढी सङ्क्रामक र घातक बनाउन अमेरिकाको पैसा खर्च गरिएको आरोप लगाएका छन्।

उनले इङ्गित गरेको वैज्ञानिक प्रक्रियालाई "गेन-अफ-फङ्शन" भनिन्छ।

तर त्यस्तो दाबीलाई अमेरिकी सङ्क्रामक रोग प्रमुख डा. एन्थोनी फाउचीले खण्डन गरेका छन्।

प्रकाशित मिति: : 2021-08-05 15:50:00

प्रतिकृया दिनुहोस्