
बिएल संवाददाता
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार अर्जेन्टिनाका मेस्सीसँग सम्झौता नवीकरण नगर्ने बताएका हुन्।
‘इबिजा बिच’मा छुट्टी मनाएर फर्किएका मेसीले आज ५ वर्षको नयाँ सम्झौता गर्ने जनाइएको थियो तर आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले जानकारी दिएको छ।
‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित बिहीबार छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ।
‘यस अवस्थाका कारण मेस्सी एफसी बार्सिलोनामा रहने छैनन्। क्लब र खेलाडीको इच्छा अन्ततः पुरा नभएकोमा दुवै पक्ष निकै दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ।
मेसीले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता सकिएपछि राष्ट्रिय टोलीमा ध्यान दिने जनाउँदै नवीकरण गर्न मानेका थिएनन्।
६ पटकको बालोन डीओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए। ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए। र्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्।
क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन्। उनको माग अनुसार सम्झौता गर्न सक्ने केहि सिमित क्लब मात्र रहेका छन्। उनी पेरिस सेन्ट जर्मेन (पिएसजी), म्यानचेस्टर सिटी र मेजर लिग सकर मध्ये एउटा जान सक्ने सम्भावना रहेकाे छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया