बुधबार, २७ अगस्ट २०२५

अफगानिस्तानबाट यसरी भागे राष्ट्रपति घानी (भिडियाेसहित)

News Image
• • •

तालिबानले आइतबार साँझ राष्ट्रपति भवन कब्जा गर्नुअगावै राष्ट्रपति घानी देश छोडेर ताजकिस्तान भागिसकेका छन्। अमेरिकाको समर्थन रहेको राष्ट्रपति अशरफ घानी नेतृत्वको सरकार अन्ततः विद्रोही संगठन तालिबानको कब्जामा परेको छ।

यतिबेला विश्भरि तालिबानको बारेमा जे जस्ता विषय चर्चामा छन्, उत्तिकै मात्रामा मानिसहरु राष्ट्रपति घानीप्रति पनि नकारात्मक टिप्पणी गरिरहेका छन्।

त्यसो त घानीले देशमा कुनै हिंसात्मक गतिविधि र रक्तपात नचाहेकै कारण आफूले देश छाडेको बताउँदै आएका छन् तर विश्वभरका मानिसहरु भने आफ्नो देशलाई खतरामा राखेर आफू मात्र सुरक्षित तरिकाले भागेको भन्दै आरोप लगाइरहेका छन्।

यतिसम्म कि केही ठाउँहरुमा त घानीको विरुद्धमा विभिन्न प्रदर्शनसमेत हुन थालेको छ। आइतबार साँझ घानी ताजिकिस्तान जादै गर्दा उनी विमानमा चढेपछि हात हल्लाएको देख्न सकिन्छ। 

तालिबानले सत्ता हत्याएपछि यतिबेला विश्वकै ध्यान अफगानिस्तानतर्फ केन्द्रित छ।

यतिबेला तालिबानले अफगानिस्तानमा विजयकाे उत्सव मनाइरहेकाे छ। 

Good bye 👋 Ghani
Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays

— Zabeeh Ullah Baloch (@ZabihBaloch) August 15, 2021
सोमबार, श्रावण ३२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)