
बिएल संवाददाता
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला वली खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने चेतावनी दिएकाे छ।
प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई सोमबार पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले शाही र वलीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने बताएका हुन्।
प्रमुख सचेतक ढकालले सभामुखले पटक-पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम आचरण नगरेको र सदस्य नहटाएको भन्दै सदन चल्न नदिने बताएका छन्।
प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ।
आज प्रदेश सभाको बैठक बस्दै छ। शाही र वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया