मङ्गलबार, १२ अगस्ट २०२५

अनुसन्धानमा छुटाइएको वन फर्सी

हिमाल खबर

हिमाल खबर

कमल मादेन
मोरङको राजारानी पोखरीमा भेटिएको वन फर्सी 'हड्सोनिया म्याक्रोकार्पा' ।  तस्वीर: कमल मादेन
• • •

हाम्रा अधिकांश वनस्पतिविद्ले विभिन्न जातजातिले प्रयोग गर्ने औषधीय गुणयुक्त वनस्पतिबारे अनुसन्धान गरेका छन्। तर, वन फर्सीबारे अनुसन्धान गरेको नपाइनु चाहिं अचम्म हो।

फर्सी (पम्पकिन) ‘क्युकरबिटा’ जाति अन्तर्गतको वनस्पति हो। यो जाति अन्तर्गतका खासगरी क्युकरबिटा म्याक्सिमा, क्युकरबिटा पेपो र क्युकरबिटा मस्कटा प्रजातिलाई फर्सी भनिन्छ। यी तीन वटै प्रजाति करीब उस्तै हुन्छन्। 

विदेशतिर आकारमा बडेमानको फर्सी पनि फल्ने गरेको पाइन्छ। बेलायतबाट प्रकाशन हुने द गार्जियनको १२ जनवरी २०२१ को संस्करणमा बेल्जियममा ११ सय ९० केजीको फर्सी फलेको जानकारी छ। हामीकहाँ भने सरदर पाँच–दश केजीसम्मका फर्सी फल्ने गरेका छन्। यहाँ यूरोप र अमेरिकामा जस्तो फर्सीबाट विविध परिकार पनि बनाइँदैन। मुन्टा, गट्टा र पाकेपछि तरकारीका रूपमा मात्रै खाइन्छ। 

कतिपय ठाउँमा त गट्टा खाने चलन छैन। डोल्पासँग सीमा जोडिएको रुकुमको गाउँ रन्मा–मैकोटका बासिन्दाले पाकेको फर्सी मात्र खाँदा रहेछन्। पूर्वी मध्यपहाड तथा हिमाली भेगतिर पाकेको गुलियो फर्सी उसिनेर खाने चलन छ।
 

बिहिबार, भाद्र १७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)