बिएल संवाददाता
अमेरिकामा हाल फैलिरहेको कोरोनाभाईरसको पाँचौ लहर चाँडै उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका छन्।
डेल्टा भेरिअन्टका कारण तीब्र फैलिएको संक्रमण उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका हुन्। भाइरस अझै केही वर्ष मानिसको जनजीवनको एउटा अंश हुने समेत उनीहरुले बताएका छन्।
अहिले औषतमा दैनिक १ लाख ७० हजार अमेरिकी संक्रमित छन्। कोरोनाका कारण अझै पनि दैनिक १८ सय अमेरिकीको मृत्यु हुने गरेको छ। त्यस्तै, १ लाख भन्दा बढी संक्रमित अस्पतालमा उपचारार्थ छन्।
जोन हप्किन्स विश्वविद्यालयकी सहप्राध्यापक तथा कोभिड उपचारसम्बन्धी बिज्ञ भक्ती हंसोतीले अमेरिकाको संक्रमणको प्रवृत्ति भारतको जस्तै रहेको बताइन्। युरोपेली मुलुकमा डेल्टा बिस्तारमा भने समान गिरावट आएको उनको भनाई छ।
ग्रीष्मकालमा देखिएको कोभिड लहर सकिएकोमा भने हंसोतीले सन्तोषको सास फेरेकी छिन्। ‘तर, अर्को लहर चाँडै अन्त्य हुनेमा मलाई शंका छ।’ अमेरिकीले कोभिडको चौथो लहरबाट राम्रो पाठ सिक्नुपर्ने उनको भनाइ छ। तर, क्यानडास्थित युनिर्भसिटी अफ ससकाटचेवन विश्वविद्यालयकी भाइरोलोजिस्ट एन्जिला रासमुसेन अमेरिकामा चौथो लहर नै समाप्त भएकोमा आशंका व्यक्त गर्छिन्।एजेन्सी
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया