बिएल संवाददाता
अमेरिकामा हाल फैलिरहेको कोरोनाभाईरसको पाँचौ लहर चाँडै उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका छन्।
डेल्टा भेरिअन्टका कारण तीब्र फैलिएको संक्रमण उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका हुन्। भाइरस अझै केही वर्ष मानिसको जनजीवनको एउटा अंश हुने समेत उनीहरुले बताएका छन्।
अहिले औषतमा दैनिक १ लाख ७० हजार अमेरिकी संक्रमित छन्। कोरोनाका कारण अझै पनि दैनिक १८ सय अमेरिकीको मृत्यु हुने गरेको छ। त्यस्तै, १ लाख भन्दा बढी संक्रमित अस्पतालमा उपचारार्थ छन्।
जोन हप्किन्स विश्वविद्यालयकी सहप्राध्यापक तथा कोभिड उपचारसम्बन्धी बिज्ञ भक्ती हंसोतीले अमेरिकाको संक्रमणको प्रवृत्ति भारतको जस्तै रहेको बताइन्। युरोपेली मुलुकमा डेल्टा बिस्तारमा भने समान गिरावट आएको उनको भनाई छ।
ग्रीष्मकालमा देखिएको कोभिड लहर सकिएकोमा भने हंसोतीले सन्तोषको सास फेरेकी छिन्। ‘तर, अर्को लहर चाँडै अन्त्य हुनेमा मलाई शंका छ।’ अमेरिकीले कोभिडको चौथो लहरबाट राम्रो पाठ सिक्नुपर्ने उनको भनाइ छ। तर, क्यानडास्थित युनिर्भसिटी अफ ससकाटचेवन विश्वविद्यालयकी भाइरोलोजिस्ट एन्जिला रासमुसेन अमेरिकामा चौथो लहर नै समाप्त भएकोमा आशंका व्यक्त गर्छिन्।एजेन्सी
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया