एमालेसँग मुद्दा के छ र ?

के मुद्धामा पार्टी विभाजन भयो ?
हामीले दुई तिहाइको पार्टीको सरकार बनाएका थियौं। दुई ठूला पार्टीबीच पार्टी एकता भयो। हामीले विभाजनको कल्पना पनि गरेनौं। एक सय वर्षसम्म नेपालमा कम्युनिस्ट सरकार बन्छ भनेर जनतामाझ पनि गयौं। कसैले हामीलाई हराउन सक्दैन भन्ने महशुस पनि भयो। सरकार बनिसकेपछि केपी ओली र प्रचण्डबीच पाँच बुँदे सहमति भयो। चौथो नम्बरको बुँदामा आधा/आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ। यति महत्वपूर्ण सम्झौता भएको थियो तर, विडम्बना दुई वर्ष नहुँदै नेकपाभित्र एक खालको द्वन्द्वको अवस्था सृजना भयो। स्थिति यस्तो चरणमा पुग्यो की पार्टी विभाजन हुने निश्चित भयो। पार्टी अध्यक्ष केपी ओली इमान्दार भएनन्। ओलीले सहमति कार्यान्वयन गरेनन्।

भनेपछि केपी ओली र माधव नेपालको 'इगो'ले पार्टी विभाजन भएको होइन त ?

त्यस्तो होइन। धेरैको बुझाइ के छ भने माधव नेपाल र केपी ओलीबीचको 'जुँगाको लडाइँ' ले पार्टी फुट्यो भनिरहेका छन्। तर, त्यो कुरा होइन। हामीले कम्युनिस्ट आन्दोलन जोगाउन खोज्यौं। ओलीले कम्युनिस्ट आन्दोलन चौपट पार्न लागे। ४८ लाख जनताले हाम्रो पक्षमा भोट हाल्नुभएको थियो। भोट खेर जान नदिन हामीले विद्रोह गरेका हौं। हाम्रै आँखा अगाडि कम्युनिस्ट आन्दोलन विसर्जन हुने ठाउँमा पुगिसकेको थियो। यसको पुर्नउत्थान गर्न जरुरी थियो। त्यसका लागि अर्को पार्टी निर्माणको जरुरी थियो। त्यसैले पनि क्रान्ति र विद्रोह जरुरी थियो।

पार्टी फुटाएर कम्युनिस्ट आन्दोलन जोगियो त ?

जोगियो। यसले कम्युनिस्ट आन्दोलन जोगायो। केपी ओलीले विसर्जन गर्न थालेको कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि अर्को पनि शक्ति छ भन्ने मनोविज्ञान छाप पार्‍यौं। ओलीलाई मन नपराउने मान्छेहरु हामीसँग 'अट्याच' भए। कम्युनिस्टहरुले प्रतिनिधिसभा भंग गर्नेरैछन्, दुईतिहाइ मत दिँदापनि चलाउन सक्नेरैनछन्। सिस्टम भत्काउन खोज्ने रैछन्। त्यसको अब्जेक्सनमा विद्रोह त भयो। त्यसैले आशा लाग्ने ठाउँ यहाँ छ है भन्ने मान्छेको मनोविज्ञान छ। यसले नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा, समृद्धि, सुरक्षा जोगाउने काम गर्यो।

प्रकाशित मिति: : 2021-09-15 11:22:00

प्रतिकृया दिनुहोस्