
बिएल संवाददाता
रियालिटी सो 'कमेडी च्याम्पियन–२' को उपाधि भरतमणि पौडेलले जितेका छन्।
फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले सिजन–२ को उपाधि जितेका हुन्। उनले २५ लाख र कार पुरस्कार पाउने छन्।
सिक्किमका विक्की फस्ट रनरअप र गोरखाका सन्तोष थापा भने तेस्रो बनेका छन्।
प्रतियोगिताको उपविजेता बनेका विक्कीले टिभिएस अपाचे बाइक र तेस्राे बनेका थापाले टिभिएस स्कुटर पुरस्कार पाउने छन्।
विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरे।
संसरभरका दर्शकको मतदानको आधारमा विजेता चुनिएको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया