बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी बनाउन आफ्नो ठूलो भूमिका रहेको बताएका छन्।
वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन्।
'केपी ओलीलाई हामीले एक्सपोज गर्यौं। माधव र झलनाथको पार्टी बन्यो। पार्टी बनाउनमा कम मेहनत चाहिँ हाम्रो पनि थिएन,' उनले भने, 'उहाँहरूसँग सहकार्य बढाउनुहोला। मोहन वैद्य किरण, विप्लवसँग, बाबुरामसँग हार्दिकता बढाउनुहोला। हामी केन्द्रमा सहकार्य बढाउँदैछौं।'
प्रचण्डले एमालेमा फर्किएका भीम रावलहरूप्रति दया लागेको बताए। उनीहरू ढिलोचाँडो माधव नेपालको पार्टीमा फर्किने उनको भनाइ थियो।
'केपीसँग आत्पसमर्पण गरेका साथी देख्दा दया लाग्छ। ढिलोचाँडो निस्किन्छन्। बस्ने अवस्था नै छ। राजनीतिक रूपबाट होइन ओलीले गरेको कुकर्मका कारण बस्न मिल्ने अवस्था हुने छैन,' उनले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया