बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी बनाउन आफ्नो ठूलो भूमिका रहेको बताएका छन्।
वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन्।
'केपी ओलीलाई हामीले एक्सपोज गर्यौं। माधव र झलनाथको पार्टी बन्यो। पार्टी बनाउनमा कम मेहनत चाहिँ हाम्रो पनि थिएन,' उनले भने, 'उहाँहरूसँग सहकार्य बढाउनुहोला। मोहन वैद्य किरण, विप्लवसँग, बाबुरामसँग हार्दिकता बढाउनुहोला। हामी केन्द्रमा सहकार्य बढाउँदैछौं।'
प्रचण्डले एमालेमा फर्किएका भीम रावलहरूप्रति दया लागेको बताए। उनीहरू ढिलोचाँडो माधव नेपालको पार्टीमा फर्किने उनको भनाइ थियो।
'केपीसँग आत्पसमर्पण गरेका साथी देख्दा दया लाग्छ। ढिलोचाँडो निस्किन्छन्। बस्ने अवस्था नै छ। राजनीतिक रूपबाट होइन ओलीले गरेको कुकर्मका कारण बस्न मिल्ने अवस्था हुने छैन,' उनले भने।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया