शुक्रबार, ०८ अगस्ट २०२५

साम्राज्ञी पहिलाे पटक म्युजिक भिडियाेमा देखिँदै

News Image
• • •

आफूलाई सधैँ अरुभन्दा अब्बल र कहिल्यै सानाे पर्दामा नदेखिने घाेषणा गर्दै आएकी नायिका साम्राज्ञी शाह पहिलो पटक म्युजिक भिडियोमा पनि देखिने भएकी छिन्l

उनले लामाे समयदेखि कुनै पनि म्युजिक भिडियाेमा नआउने ठाेकुवा गर्दै आएकी थिइन्। तर अन्ततः उनी पनि ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोमा देखिने भएकी हुन्।

म्युजिक भिडियो प्रमोसनको लागि फोटो सुट गर्दै गरेकी साम्राज्ञीको उक्त गीतमा गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको छ l गीतको शब्द डिपी खनालले कोरेका हुन्l 

भिडियोमा साम्राज्ञीले कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग पहिलो पटक स्क्रीन सेयर गरेकी छन्l

भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युब च्यानलमार्फत एक कार्यक्रमका बिच सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। गीतमा माइकल चन्दको कोरियोग्राफी रहनेछ।    

शनिबार, आश्विन ०९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)