
बिएल संवाददाता
साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ। आज सेयर बजारमा ५५ अंकले घटेको छ।
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा पुगेको छ। आज नेप्से २.१२ प्रतिशतले घटेको हो। यता सेन्सेटिभ परिसूचक पनि ११.०७ अंकले घटेर ४८५.९८ बिन्दुमा पुगेको छ।
आज कुल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ। पछिल्लो समय कारोबार रकममा पनि भारी गिरावट आएको छ।
आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ। आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया