आइतबार, १७ अगस्ट २०२५

काबुलमा मस्जिद बाहिर बम विस्फोट, हजारौँ घाइते

File Photo
• • •

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ। काबुलस्थित इदगाह मस्जिद अगाडि भएको विस्फोटमा परी सयौँ नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

हजारौँ जना घाइते हुने गरी भएको घटनाको जिम्मेवारी हालसम्म कुनै संगठनले लिएको छैन। यद्यपि, इस्लामिक स्टेटले उक्त विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । घाइतेहरूलाई काबुलका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्विटरमार्फत मस्जिदको गेटबाहिर विस्फोट भएको पुष्टि गरेका छन्। प्रत्यक्षदर्शीले विस्फोटपछि गोली चलेको उल्लेख गरेका छन्।

आइतबार, आश्विन १७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!