आइतबार, १७ अगस्ट २०२५

७५ प्रतिशत कैद सजाय माफीका लागि सर्वोच्च पुगे चार्ल्स शोभराज

फाइल तस्वीर
• • •

सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको रिट निवेदनमा सुनुवाइ गरेको छ।

जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मिरा खड्काको एकल इजलासमा सुनुवाइ गरेको हो। सर्वोच्चले मुद्दाको  सुनुवाइ सकिएको जानकारी दिएको छ।

'कारागारमार्फत मन्त्रिपरिषदविरुद्ध उनले निवेदन चढाएका थिए। सर्वोच्च अदालतमा अन्तिम फैसला भएर थुनामा रहेको व्यक्तिले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्न मिल्दैन भनेर दरपीठ भएको थियो। त्यो दरपीठ उपर परेको निवदेनमा सुनुवाइ भएको हो,' सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने।

संसारका विभिन्न देशमा हत्याकाण्ड मच्चाएर ‘विकिनी किलर’को रूपमा चिनिने शोभराज १८ वर्षदेखि नेपालमा कैद भुक्तान गरिरहेका छन् । नेपाली नागरिकको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्चले आजीवन कारावासको सजाय सुनाएको छ।

सोमबार, आश्विन १८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!