बुधबार, २० अगस्ट २०२५

५०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌
फाइल तस्वीर
• • •

मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ। आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार (हिजो) बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यद्यपि, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ।

महासंघका अनुसार गत सोमबार तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो।

मंगलबार, आश्विन १९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)