बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्।
उनलाई सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै गरेको प्रहरी उच्च स्रोतले बतायो।
पौडेल पार्टी पुनर्गठन सुझाव संकलन अभियानका लागि सुर्खेत पुगेका थिए। उनलाई प्रदेश भेला कार्यक्रमबाटै विभागको टोलीले नियन्त्रणमा लिएको थियो
उनलाई विभागको टोलीले सुर्खेतबाट स्थलमार्ग हुँदै नेपालगंज ल्याएर त्यहाँबाट हवाइजहाजबाट काठमाडौं ल्याउन लागिएको गृहमन्त्रालय स्रोतले बतायो। पौडेललाई आज नेपालगंजमै राखिने भएको छ। उनलाई त्यहाँस्थित प्रहरी तालिम केन्द्रमा राखिने भएको छ।
विभाग स्रोतका अनुसार विवादास्पद बिचौलिया दीपक भट्टसँग साँठगाँठ देखिएपछि पौडेललाई पक्राउ गरिएको हो।
उनले गरेको सेयर कारोबार र सम्पत्तिको स्रोत शंकास्पद देखिएको छ। भट्टबाट विष्णु पौडेलसहित धेरै शीर्ष राजनीतिज्ञहरूसँग शंकास्पद कारोबार पुष्टि हुने कागजातहरू बरामद भएको विभागका एक अधिकारी बताउँछन्।
स्रोतका अनुसार पूर्वअर्थमन्त्री जनार्दन शर्माको पनि भट्टसँग शंकास्पद कारोबार देखिएको छ।
यता विष्णु पौडेल पक्राउ परेलगत्तै उनका स्वकीय सचिव एम पाण्डे भने फरार भएका छन्। पौडेल अर्थमन्त्री हुँदा उनैले बिचौलियाहरूसँग सेटिङ मिलाउने काम गर्ने गरेको खुलेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया