सोमबार, ११ अगस्ट २०२५

नेपाल नफर्किई कुवेत गए अलमुताइरी

File Photo
• • •

नेपाली राष्ट्रिय फुटबल टाेलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन्। माल्दिभ्समा भएकाे साफ च्याम्पियनसिपमा  सहभागी टाेली साेमबार नेपाल फर्किए पनि उनी भने उतैबाट कुवेत गएकाे अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ।

एन्फाका अनुसार उनी कुवेतमा केही समय परिवारसँग बसेर नेपाल फर्किने छन्।

यसअघि उनले साफ च्याम्पियनसिपपछि राजीनामा दिने र नेपाल नफर्किने बताएका थिए। तर, उनी राजीनामा नदिई कुवेत फर्किएका हुन्। उनीले पुनः नेपाल फर्किएर एन्फा सम्हाल्ने एन्फाले जनाएकाे छ।

अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न २०७७ चैतमा नेपाल आएका थिए ।

उनकाे प्रशिक्षणमा साफ खेल्न माल्दिभ्स गएकाे नेपाली टाेलीले पहिलाे पटक फाइनलसम्म पुगेर उपविजेता भनेकाे छ।  

सोमबार, कार्तिक ०१, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!