बाह्रखरी
असारको समय । धान रोप्ने चटारो । सबैलाई भ्याइनभ्याइ । स्कुलमा एकमहिने बिदा हुने बेला’नि नजिकै आइसकेको थियो । तर, बिदा हुुनुभन्दा अघि हुने परीक्षा कैले सकिएला र खेतमा जान पाइएला भन्ने हुटहुटीले मन बेचैन हुँदै थियो । म त सपना पनि खेतकै हिलोमा खेलेको देख्न थालिसकेको थिएँ ।
घरमा भने पढ्नुपर्छ बाबु भन्दै आमा कराइरहनुहुन्थ्यो । नपढी सुख पनि थिएन । पढ्नचैँ रहर नै लाग्थ्यो, तर करले कहिल्यै पढिएन । यसरी नै दिन बितिरहेका थिए ।
अचानक एक दिन ममीले भन्नुभयो, ‘बाबु, म रोपाइँभन्दा अघि दुई–चार दिनलाई मामाघर पुगेर आउँछु । त्यतिन्जेल आमालाई दुख नदिई बस है । म आउँदा तिमीलाई चाउचाउ ल्याइदिम्ला नि ।’
यसो सोचेँ, चाउचाउ ! यसै पनि मन चाउचाउ भने’सी हुरुक्क हुने । त्यसमाथि ममीको मामाघर यात्रा । फुच्चेलाई कोसेलीपातको लोभ । त्यसैले ममीको पछि लागेर मामाघर जाने आँट आएन ।
किनभने, यो परीक्षा राम्रो गरे यसपालि मैले बाबाबाट पनि उपहार पाउने पक्कापक्की थियो । पर्सिपल्टदेखि त परीक्षा पनि थियो । त्यति बेलै ममीसँग थप दुइटा कुरा पनि फर्माइस गर्न भ्याईहालेँ मैले । त्यो थियो, शाहरुखवाला पोस्टकार्ड र क्याप ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया