नेपालमा स्तन क्यान्सर उपचार, कति चुनौति कति सफलता ?

बाह्रखरी

काठमाडौं

अस्मिता रिजाल

 

स्तन क्यान्सर स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनिहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट हुने संक्रमण हो । यसरी भएको परिवर्तनपछि बन्ने गिर्खा, गाँठागुँठी र घाउको रुप नै स्तन क्यान्सर हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन ६ जना स्तन क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । त्यस्तै  प्रत्येक दिन ३ जना महिलाको मृत्यु स्तन क्यान्सरका कारण हुने गरेको तथ्यांक छ । स्तन वा काखीमा स–साना गिर्खा देखिनु, स्तनबाट असामान्य रुपले दूध, पानी अथवा रगत आउनु, छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु स्तन क्यान्सरका लक्षण हुन् ।
 
स्तन क्यान्सरको पहिचान कसरी गर्ने ?
सम्बन्धित परीक्षण अथवा बायोप्सी परीक्षणविना शरीरमा देखिएका कुनै पनि समस्या क्यान्सर हो भनेर यकिन गर्न सकिँदैन । स्तन क्यान्सर २० वर्षमाथिका कुनै पनि महिलालाई हुनसक्ने भएकाले उमेर अुनसारको परीक्षणमा ध्यान दिन विशेषज्ञहरु सुझाव दिन्छन् । २० वर्ष कटेका महिलाले घरमै सेल्फ एक्जामिनेसन विधी अपनाउनु सजग रहने एउटा माध्यम हो । महिनावारी भएको पाँचदेखि सात दिनपछि आफ्नो स्तन र काखीमुनि आफैंले छामेर अनावश्यका गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ । गर्भवती तथा महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एकै दिन आफ्नो स्तन जाँच गर्नुपर्ने हुन्छ । तर, बच्चा जन्माइसकेका महिलाले वर्षमा एकपटक विशेषज्ञको सल्लाहमा परीक्षण गराउनुपर्ने हुन्छ । 

४० भन्दा कम उमेर भएका तर परिवारमा कसैलाई क्यान्सर भएको घटना भए त्यस्ता महिलाले विशेषज्ञको सल्लाहमा भिडियो एक्स–रे गराउनुपर्छ । ४० देखि ४५ वर्ष उमेर समूहका महिला जसको घरमा कसैलाई स्तन क्यान्सर छ भने उनीहरुले विशेषज्ञसँगको सल्लाहमा मात्रै मेमोग्राममार्फत् परीक्षण गर्नुपर्ने मेडिकल अंकोलोजिष्ट डा. अरुण साही बताउँछन् । 

प्रकाशित मिति: : 2021-10-25 16:11:00

प्रतिकृया दिनुहोस्