बाह्रखरी
अस्मिता रिजाल
स्तन क्यान्सर स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनिहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट हुने संक्रमण हो । यसरी भएको परिवर्तनपछि बन्ने गिर्खा, गाँठागुँठी र घाउको रुप नै स्तन क्यान्सर हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन ६ जना स्तन क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । त्यस्तै प्रत्येक दिन ३ जना महिलाको मृत्यु स्तन क्यान्सरका कारण हुने गरेको तथ्यांक छ । स्तन वा काखीमा स–साना गिर्खा देखिनु, स्तनबाट असामान्य रुपले दूध, पानी अथवा रगत आउनु, छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु स्तन क्यान्सरका लक्षण हुन् ।
स्तन क्यान्सरको पहिचान कसरी गर्ने ?
सम्बन्धित परीक्षण अथवा बायोप्सी परीक्षणविना शरीरमा देखिएका कुनै पनि समस्या क्यान्सर हो भनेर यकिन गर्न सकिँदैन । स्तन क्यान्सर २० वर्षमाथिका कुनै पनि महिलालाई हुनसक्ने भएकाले उमेर अुनसारको परीक्षणमा ध्यान दिन विशेषज्ञहरु सुझाव दिन्छन् । २० वर्ष कटेका महिलाले घरमै सेल्फ एक्जामिनेसन विधी अपनाउनु सजग रहने एउटा माध्यम हो । महिनावारी भएको पाँचदेखि सात दिनपछि आफ्नो स्तन र काखीमुनि आफैंले छामेर अनावश्यका गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ । गर्भवती तथा महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एकै दिन आफ्नो स्तन जाँच गर्नुपर्ने हुन्छ । तर, बच्चा जन्माइसकेका महिलाले वर्षमा एकपटक विशेषज्ञको सल्लाहमा परीक्षण गराउनुपर्ने हुन्छ ।
४० भन्दा कम उमेर भएका तर परिवारमा कसैलाई क्यान्सर भएको घटना भए त्यस्ता महिलाले विशेषज्ञको सल्लाहमा भिडियो एक्स–रे गराउनुपर्छ । ४० देखि ४५ वर्ष उमेर समूहका महिला जसको घरमा कसैलाई स्तन क्यान्सर छ भने उनीहरुले विशेषज्ञसँगको सल्लाहमा मात्रै मेमोग्राममार्फत् परीक्षण गर्नुपर्ने मेडिकल अंकोलोजिष्ट डा. अरुण साही बताउँछन् ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया