बाह्रखरी
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा बर्सेनि ठूलो परिमाणमा लगानी भइरहे पनि अपेक्षित विकास र विस्तार हुनसकेको छैन । सुरुआतदेखि नै लामो समय बलिउड फर्मुला पछ्याएको नेपाली सिनेमाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सकेन । परिणामः नेपाली चलचित्र नेपाली भूगोलभित्रै सीमित रह्यो ।
तर पनि नेपाली चलचित्रले लामो यात्रा तय गरिसकेको छ । पञ्चायतको सुरुबाट यात्रा तय गरेको नेपाली सिनेमा विभिन्न राजनीतिक कालखण्ड तय गर्दै ०७७ सम्म आइपुगेको छ । करिब ६ दशक लामो यात्रा तय गरे पनि खासै ठूलो उपलब्धि हासिल हुन नसकेको स्वयं चलचित्रकर्मीहरूले नै बताउँदै आएका छन् । त्यसैले अब चलचित्रकर्मीहरूले आत्मसमीक्षा गर्ने समय आइसकेको स्वयं चलचित्रकर्मीहरूले नै बताउन थालिसकेका छन् ।
चलचित्र क्षेत्रमा केही यस्ता विषय छन्, जो सदाबहार रूपमा चर्चा र बहसमा आइरहन्छन् । जसमा चलचित्र क्षेत्र रुमलिरहेको छ । यसको पछिल्लो उदाहरणका रूपमा पल शाह र समीक्षा अधिकारीको विषयलाई लिन सकिन्छ । अभिनेता पल र गायिका समीक्षाको विषयले अहिले चलचित्र क्षेत्रमा चर्चा पाएको छ । उनीहरूबीच प्रेमसम्बन्ध रहेको र पछि पलले समीक्षालाई बेवास्ता गरेको भन्ने खबरहरू आउन थालेपछि उक्त कुरामा सत्यता नरहेको पल र समीक्षा दुवैले दाबी गरेका छन् । बिनाआधार लगाइएको आरोपले आफूहरूको चरित्र हत्या भएको उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । सत्यतथ्य नबुझी आएका सामग्रीहरूले परिवारसहित आफ्नो इज्जत तथा प्रतिष्ठामा नै आँच आएको बताएका छन् ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया