हिमाल खबर
नेपालमा मनाइने चाडपर्वलाई लिएर देखिएको विक्रम संवत् र नेपाल संवत् पक्षधरबीचको विवाद निरुपण हुनसकेको छैन।
साल गणनाका लागि अनेक नामका संवत्हरू प्रयोगकर्ताको सुविधा वा आवश्यकताअनुसार प्रयोग हुँदै आएको पाइन्छ। नेपालमा सरकारीस्तरबाट प्रचलित ‘विक्रम संवत्’ र देशकै नामबाट नामकरण गरिएको ‘नेपाल संवत्’को प्रयोगलाई लिएर केही दशकदेखि विवादसँगै एक खालको राजनीति पनि हुँदै आएको छ। यस्तै, संवतको प्रकृति र नेपालको सांस्कृतिक जीवनलाई बुझनुभन्दा सतही रूपमा तर्क-वितर्क गर्नमा अभ्यस्त रहेको पनि देखिन्छ।
विक्रम संवतका पक्षधरहरू नेपालबाटै यसको शुरूआत भएको र आफ्ना चाडपर्व यस संवतमा आधारित हुने विचार राख्छन्। तर, दशैं-तिहारलगायत अधिकांश चाडपर्व गतेबाट नभई तिथिअनुसार चल्नेतर्फ ध्यान दिँदैनन्।
नेपाल संवतका पक्षधरहरू पनि चाडपर्व तिथिअनुसार पर्ने भएकाले नेपाली संस्कृति नेपाल संवतमा आधारित भएको मान्यता राख्छन्। जबकि, नेपाल संवत्लाई व्यवहारमा ल्याउन र सरकारी मान्यता दिलाउन लामो समयदेखि आन्दोलनरत नेवारमा तिथि र गते दुवैमा आधारित चाडपर्वहरू प्रचलित छन्।
यसलाई विक्रम संवत् र नेपाल संवतमा आधारित नभनी चान्द्र र सौर्य मानमा आधारित भन्दा अझ् स्पष्ट हुन्छ। ‘संक्रान्ति’हरू गते वा सौर्य मानमा आधारित छन् र ती विभिन्न नामका ‘सँल्हू’का रूपमा प्रचलनमा छन्।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया