हिमाल खबर
‘मेरो जनगणना, मेरो सहभागिता’ नारा सहित १२औं राष्ट्रिय जनगणना २५ कात्तिकदेखि शुरू भएको छ। ९ मंसीरसम्म चल्ने गणनाको प्रारम्भिक नतीजा तीन महीनाभित्र सार्वजनिक गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ करीब ७० लाख घरपरिवार र तीन करोड हाराहारी जनसङ्ख्याकाे तथ्याङ्क आउने प्रारम्भिक अनुमान रहेको बताउँछन्। “प्रारम्भिक नतीजा जति सक्यो छिटो ल्याउने प्रयास गर्नेछौं,” उनी भन्छन्, “तर, पूर्ण विवरण दुई वर्षको हाराहारीमा आउँछ।”
गणनाको महत्त्व
प्रत्येक १०/१० वर्षमा गरिने जनगणनाको महत्त्व बहुआयामिक छ। यसको तथ्याङ्क मुलुकको वर्तमान मात्र होइन, भविष्यका योजना बनाउन समेत प्रयोग गरिन्छ। भूगोल अनुसार, मानिसको सङ्ख्या, तिनमा महिला, पुरुष र अन्य लैङ्गिक समूहको हिस्सा, बालबालिका तथा काम गर्ने उमेर समूह र वृद्धवृद्धाको यकिन तथ्याङ्क जस्ता विवरण जनगणनाबाटै आउँछ। त्यस्तै, आम मानिसको आवास, सुविधा,पेशा–व्यवसाय लगायत विवरण पनि यसबाट पत्ता लाग्छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया