
हिमाल खबर
‘राणा वर्ग हो ! तिमीहरूलाई थाहै होला कि नेपाल प्रजापरिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको क्रूर पञ्जाबाट आजाद वा स्वतन्त्र गराई... ...आफ्नो देशको गौरव हजारौं वर्षसम्म दिशदिशामा गुञ्जन गराउने उद्देश्यले नेपाल प्रजापरिषद् खुलेको हो।’
यो हस्तलिखित पर्चा विसं १९९७ असारमा काठमाडौंमा छरेर प्रजापरिषद्ले प्रजातान्त्रिक क्रान्तिको बिगुल फुकेको थियो। नेपाली राजनीतिक इतिहासमा राणाशाही विरुद्ध क्रान्तिको उद्घोष गर्ने सो लिखत पहिलो घोषणा बन्न पुग्यो। यो पर्चा आफ्नै हातले लेख्ने व्यक्ति टंकप्रसाद आचार्यको ११०औं जन्मदिन १७ मंसीर अर्थात् आज मनाइँदै छ।
स्वेच्छाचारी जहानियाँ राणाशासन विरुद्ध प्रजातान्त्रिक शासन स्थापनार्थ सङ्घर्ष शुरू गर्ने प्रतिज्ञा सहित गठन गरिएको प्रजा परिषद्का नेता टंकप्रसाद नेपालमा राजनीतिक दल गठन गर्ने जेठा व्यक्ति हुन्। २० जेठ १९९३ मा काठमाडौंको ओमबहालमा टंकप्रसाद आचार्य, दशरथ चन्द, जीवराज शर्मा, रामहरि शर्मा र धर्मभक्त माथेमाले प्रजापरिषद् गठन गरे। पछि त्यसमा गंगालाल श्रेष्ठ, गणेशमान सिंह लगायत धेरै युवा सहभागी भए। गठन भएको चार वर्षमै परिषद्ले राणाशासनको क्रूर दमन झेल्नुपर्यो।
टंकप्रसाद लगायत सबै सक्रिय सदस्य पक्राउ परे भने चार जनालाई त राणा सरकारले गाथगादी ताकेको अपराधमा मृत्युदण्ड नै दियो। नेपाली क्रान्तिको पर्याय बनेको प्रजापरिषद्को सदस्य नभए पनि राणशासन विरुद्ध प्रवचन दिएकै भरमा शुक्रराज शास्त्रीलाई पनि जबर्जस्ती प्रजापरिषद्का सदस्य भएको आरोप लगाउँदै मृत्युदण्ड दिइयो। प्रजापरिषद्को सदस्य भएर राणा विरोधी क्रान्तिमा होमिएका गणेशमान सिंह आफ्नो जीवनको उत्तरार्द्धमा नेपाली कांग्रेसका सर्वमान्य नेता मात्र भएनन्, २०४६ सालको संयुक्त जनआन्दोलनका कमान्डर समेत बने।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया