बिएल संवाददाता
नेपाली कांग्रेस प्रदेश १ को सहमहामन्त्री पदमा कांग्रेसका युवा नेता खड्ग फागो अत्याधिक मतले बिजयी भएका छन्।
सुरुवाती चरण देखि नै अग्रता लिएका फागोले भारी मत अन्तरले बिजयी भएका हुन्। फागोले १०२६ मत ल्याएका छन्।
सहमहामन्त्रीमा मत गणनामै लिड गरेका फागोको जित सुरु देखि नै निश्चित बनेको थियो। सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने।
को हुन् खड्ग फागो ?
खड्गबहादुर फागो परिचित नाम हो। फागो उर्लाबारी नगरपालिकाको नगरप्रमुख र नेपाली कांग्रेस मोरङ–१ का निवर्तमान क्षेत्रीय सभापति हुन्। उनी बुबा चञ्चलाल फागो र दुई आमा ठुलिआमा जयकालि फागो र नरमाया फागोमध्ये,नरमाया पट्टिका फागो कान्छो छोरा हुन। नरमायापट्टिबाट उहाँका दुई दाजु र पाँच दिदीहरू छन्। धनकुटामा क,ख,ग,सिकेका फागो, २०३९ मा बाबुको स्वार्गारोहण भएपछि उर्लाबारीमा ठुलोदाजु मानबहादुर फागो कहा आए।
उनि वडा सह–सचिब, क्षेत्रीय सदस्य, कार्यवहाक क्षेत्रीय सचिव, क्षेत्रीय कार्यसम्पादन उपसभापति हुँदै, क्षेत्रीय सभापति भईसकेका छन्।
दुई छोरा र श्रीमतीका साथ उर्लाबारी–५ मा बसोबास गर्दै आएका फागो प्रदेश नं १ कै चर्चित युवा नेताको रुपमा मान्ने गरिएको छ। उनले राजनीति शास्त्रमा स्नातक बिए र ग्रामीण विकासमा स्नातकोत्तर (एमए) उपाधि हासिल गरेका छन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया