‘परालमाथि पुराना लुगा ओछ्याएर सुत्छौं’

अनलाइनखबर

काठमाडौँ

मेरो नाम कैलीदेवी दास हो। म धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी हुँ। म ५९ वर्षकी भएँ। मलाई जाडो महीना कहिल्यै नआओस् जस्तो लाग्छ। जाडो महीनामा हामी जस्ता गरीबको त बिजोग नै हुन्छ। दिनभन्दा पनि रात कटाउन अति नै मुश्किल पर्छ।

कुनै रात त शरीर पनि काँप्छ। त्यसैले घाम अस्ताएपछि मलाई डर लाग्न थाल्छ। रात कसरी काट्ने भन्ने चिन्ता हुन्छ।

यो वर्ष पनि जाडो शुरू भइसकेको छ। हामीसँग ओछ्याउने र ओढ्ने बाक्लो लुगा छैनन्। खर र बाँसले छाएको यो घरको छत पनि कतिखेर खस्ने हो थाहा छैन। हेर्नु न अहिले पनि माथिबाट घरमा हावा पसिरहेको छ।

प्रकाशित मिति: : 2021-12-24 11:13:00

प्रतिकृया दिनुहोस्