बुधबार, २० अगस्ट २०२५

त्यसपछि लक्ष्मी र आवाजबीचको नाता टुट्यो

News Image
• • •

नौ वर्षकी हुँदा लक्ष्मी महर्जनलाई एक्कासि ज्वरो आयो र टाइफाइड हुन पुग्यो। उनी महिना दिनसम्म थलिइन्। बिस्तारै टाइफाइड त निको भयो, तर उनले कान सुन्न छाड्दै गइन्। तैपनि एक वर्षसम्म उनलाई आफन्तले अस्पतालदेखि धामीझाँक्रीसम्म पुर्‍याए। अन्ततः वीर अस्पतालका चिकित्सकले उनलाई भने भने– तिम्रो कानको जाली फुटिसक्यो, अब तिमीले कान सुन्न सक्दिनौ।

कानै नसुन्ने ? आवाजको दुनियाँदेखि पर हुने ? उनी स्तब्ध भइन्। अस्पतालभित्रै चिच्याएर रोइन्। त्यतिबेला उनी नाै वर्षकी थिइन्, अहिले ५३ पुगिन्। आज सांकेतिक भाषामा ४४ वर्षअघिको घटना सुनाउँदै गर्दा उनका गह भरिएका थिए। उनको सांकेतिक भाषालाई नेपालीमा अनुवाद गर्दै थिइन्, आकृति न्यौपानेले।

बिस्तारै लक्ष्मीले कान सुन्न छाडिन्। त्यसपछि उनको परिचय नै फेनि थाल्यो। उनको भाषा बदलियो। जीवन नै अर्कोे हुन पुग्यो।

'कक्षा ३ मा पढ्दापढ्दै कान नसुन्ने भएकी थिएँ,’ उनी भन्छिन्, ‘कान सुन्न छाडे पनि म पढिरहेको स्कुलले पढिरहेको विद्यार्थी भनेर पढायो। तर, त्यहाँ कक्षा ७ सम्म मात्रै पढाइ हुन्थ्यो। म त्यसभन्दा माथि पढ्न चाहन्थेँ, त्यतिबेला बहिरालाई अध्ययन गराइँदैन, शिक्षक छैनन् भनेर दुई–तीनवटा विद्यालयले भर्ना लिएनन्।’

शुक्रबार, पौष ०९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)