मङ्गलबार, २३ सेप्टेम्बर २०२५

पद्मकन्या क्याम्पसका छात्राद्वारा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सहयोग

Breaknlinks
• • •

पद्मकन्या बहुमुखी क्याम्पस बागबजार बिबिएम पाँचौ सेमेष्टरद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरिएको छ। सेमेष्टरले महिला हिंसा बिरुद्ध जनचेतना जगाउने उद्देश्यले मंसिर ११  सम्पन्न  गरेको साईकल यात्राबाट बचेको नगद ५० हजार रुपैंया आर्थिक सहयोग गरिएको हो।

कार्यक्रमका  संयोजक योगेन्द्र मान सिंह बस्न्यात र विद्यार्थीहरुले उक्त रकम आविस्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरे। हस्तान्तरण कार्यक्रममा आयोजकका सोनु पौडेल,आरती बिष्ट ,श्रेया श्रेष्ठ ,प्रतीक्षा भट्टराई,आरती थापा लगायतका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

राष्ट्रका हितमा अहोरात्र खटिरहेका महाविर पुनलाईं सहयोग गर्नु पाउनु गर्वको कुरो रहेको संयोजक बस्न्यातले बताए। 

बुधबार, पौष २८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)