आइतबार, ०३ अगस्ट २०२५

उपमेयरको गाडीको ठक्करले राजवंशीको मुत्यु

News Image
• • •

झापाको मेचिनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती चडेको गाडीले ठकर दिँदा एक ब्यक्तिको मृत्यृ भएको छ।

साँझ सात बजेको समयमा बा १ म १७२ नम्बरको स्करफियोले ठक्कर दिँदा मे ९ प ७९२७ नम्बरको डिस्कभर मोटर साइकलमा सवार मोटरसाइकल चालक मेचीनगर– ७ का सन्ताेष राजवंशी गम्भीर घाईते भएका थिए।

उनलाई उपचारका लागि हस्पिटल लाने क्रममा मृत्यृ भएको प्रहरीले बताएको छ। उपमेयर उप्रेतीले चलाउने गरेको मेचीनगरपालिकाको सरकारी नम्बर प्लेटको गाडीले बिराटनगरबाट आउने क्रममा ठक्कर दिएको हो।

श्रोतका अनुसार उपमेयर बिराटनगरमै बसेपछि उनकाे पार्टीका कार्यकर्ता लिएर काकँरभिटटा आउने क्रममा सो गाडी दुर्घटना भएको हो।

बुधबार, माघ १२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)