
बिएल संवाददाता
रूस-युक्रेन तनावले द्वन्द्वग्रस्त क्षेत्रमा ठूलो विनाश निम्तिएकाे अधिकारीहरूले जनाएका छन्।
रूसी सैन्य दस्ताले युक्रेनमाथि भारी आक्रमण गर्दा पहिलो दिनमै १३७ जना मारिए र सयाैँ युक्रेनीहरू घाइते भएकाे दाबी गरिएकाे छ। मृत्यु हुनेमा सैनिक सँगै आमनागरिक पनि रहेका छन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मानिसहरूलाई संगठित गर्न एक आदेश पनि जारी गरेका छन्। उनले रूससँग लड्न युक्रेन एक्लै तयार रहेको समेत प्रतिक्रिया जनाएका छन्।
युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लिस्कोले रूसको अन्धाधुन्ध आक्रमण गरेपछि ५७ युक्रेनी नागरिकको मृत्यु र १६९ घाइते भएको भएको पुष्टि गरेका छन्।
त्यस्तै रुसी सेनाले नियन्त्रणमा लिएको भनिएका हवाई अखडा पुन: आफ्नो नियन्त्रणमा लिएको युक्रेनकाे दाबी छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन्।
युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गरेको छ। देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ। यसैबीच, पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया