ध्रुब बस्याल
अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)विरूद्ध आन्दाेलित विभिन्न छ राजनीतिक दल र दुई मार्चाले थप आन्दाेलन गर्ने भएका छन्। उनीहरूले बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानकाे भवनमा आयाेजित एक कार्यक्रमका बीच थप आन्दाेलनका कार्यक्रम घाेषणा गरेका हुन्।
जसअनुसार उनीहरूले यही फागुन २० गते काठमाडाैँ उपत्याकामा विशाल प्रदर्शन तथा संयुक्त विराेधसभा हुनेछ। भने, फागुन २२ गते बुद्धिजीवीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने छन्। त्यस्तै ८ माेर्चाले २४ फागुनमा अन्तर्राष्ट्रिय नारी दिवस संयुक्त रूपमा मनाउने तथा २६ गते ८ दल सम्बद्ध विद्यार्थी संगठनहरूले देशव्यापी क्याम्पस तथा विद्यालयमा विराेध प्रदर्शन गर्ने भएका छन्।
साेही घाेषित कार्यक्रम अनुसार फागुन २८ गते युवा समूहले देशव्यापी विराेध प्रदर्शन र सभा ३० गते गते मजदुर सङ्गठनहरूले देशव्यापी विरोध प्रदर्शन तथा सभा, चैत २ गते किसानहरूको तर्फबाट देशव्यापी विरोध प्रदर्शन तथा सभा, चैत ४ गते श्रमिक तथा दलित समुदायसँग सम्बन्धित मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा एवम् प्रकारले चैत ६ गते जातीय र क्षेत्रीय मोर्चाहरूको आयोजनामा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने उनीहरूले बताएका छन।
उनीहरूले प्रतिनिधिसभाबाट एमसीसी अनुमाेदन भएकाे दिन फागुन १५ लाई कालाे दिन घाेषणा गरेका छन्।
कार्यक्रममा बाेल्दै नेकपा माओवादी समाजवादीलेका अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी संसदबाट पारित भए पनि जनताको माध्यमबाट सडक आन्दोलन गरेर सडकबाटै खारेज गर्ने बताए।
त्यस्तै, राष्टिय जनमोर्चाका सचिव हिमाल पुरीले मागेर विकास गर्ने प्रवृति गलत रहेको र साम्राज्यवादी तरिकाले गरेको संझौता देशको हितमा नरहेको टिप्पणी गरे। उनले १२ बुँदे व्याख्यत्मक घाेषणा गलत भएकाे बताए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया