ध्रुब बस्याल
निक्कै लामाे विवाद र मतभेदका बीच अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) नेपालकाे संसदबाट बहुमतले अनुमाेदनमा भएकाे छ। यथास्थितिमा पास गर्नुहुन्न भन्ने धारणा राख्दै आएकाे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले १२ बुँदे व्याख्यात्मक घाेषणासहित एमसीसी पास गर्न तयार भएपछि यही फागुन १५ गतेकाे प्रतिनिधिसभा बैठकबाट उक्त सम्झाैता अनुमाेदन भएकाे थियाे।
नेपाल संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासेफिक स्ट्राटेजीलगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा बाँधिएको मानिने छैन, एमसीसी अनुदानको प्रयोगबाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविष्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य छैन भन्नेलगायतका १२ बुँदे व्याख्यात्मक घाेषणापछि नेपालका राजनीतिक दलले एमसीसीमा समर्थन गरेका थिए। तर, उक्त व्याख्यात्मक घाेषणा नेपाली जनातालाई झुक्याउन गरिए र एमसीसीकाे कुनै पनि बुँदा संशाेधन नभएकाे भन्दै विभिन्न राजनीतिक दल एमसीसी खारेजीकाे माग गर्दै आन्दाेलित छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमाेर्चा, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी) गरी छ दल र दुई माेर्चाले एमसीसीकाे विराेधकाे लागि आन्दाेलनका कार्यक्रमकाे घाेषणा समेत गरेका छन्।
त्यस्तै एमसीसीकाे पक्षमा आफ्नाे पार्टीले मतदान गरेकाे भन्दै सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
यही सन्दर्भका छ दल र दुई माेर्चका नेतासँगै सत्तागठबन्धका नेताहरूले एमसीसीविरूद्ध शुक्रबार विशाल प्रदर्शन गर्दै छन्। काठमाडाैँकाे खुल्लामञ्चमा हुन लागिरहेका प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, मसलाका प्रवक्ता रामप्रकाश पुरी, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण), राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी, देशभक्त्त जनगणतान्त्रीक मोर्चाका, नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कटेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुती, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी (सुसिल) सहभागी हुँदैछन्।
त्यस्तै साेही प्रदर्शनमा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल, नेकपा एमालेका नेता भीम रावल, माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ लगायत सहभागी हुने भएका छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया